झण्डै तिन दशक अघि पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखा विस्तार गरेको छ ।
सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यान्न पसलबाट ब्यासाय शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ ।
सेलवेजले शुक्रबार देखी पोखरा १० अमरसिंह चोकमा नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको सेलवेज प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।
सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवा दिदै आएको छ । सेलवेजको पोखरामा यो सातौ शाखा हो । सेलवेजले अर्को कम्पनी सेल्सवेरीको सहकार्यमा काठमाण्डौ सहित ३१ वटा शाखा संचालनमा ल्याएको छ । पोखराको चिप्लेढुङ्गा, लेकसाइड, शान्तिनगर, विरौटा, भद्रकाली र बगरबाट सेवा प्रदान गर्दै आएको छ ।
अमरसिंहको शाखा सञ्चालनको अवसरमा १० देखी १५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको गिरीले बताए । उनले दैनिक जीवनमा आवश्यक पर्ने खाद्य सामग्रीमा विषेश छुटको व्यवस्था गरीएको भनाई छ । साथै फ्रि होमडेलीभरको पनि व्यवस्था रहेको बताए ।
पोखराको नयाँ शाखामा करिब ४ करोडको लगानीमा सञ्चालनमा आउन लागेको हो ।
नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पुर्ण सामानहरु, किचन र घरमा आवश्य पर्ने सामग्रीहरु, स्थानीय उपभोक्ताहरुका लागि होटल तथा रेष्टुरेष्टका लागि आवश्यक सामग्रीहरु राखीएको उनको भनाई छ । खाद्य सामग्री तथा सौन्दर्यका सामग्री र इलोक्टोनिक सामग्रीहरु रहेका छन् ।
सेलवेज र सेल्सबेरी काठमाडौको सातदोबाटो, सितापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकनथलि, नयाँबत्ति, पेप्सिकोला, मुपानी, मैजुबहाल, ककन, सुकेधारा, हात्तिगौडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवादिदै आएको छ ।
सन् २००४ मा काठमाडौं प्रबेश गरेको सेलवेयज सन् २०१४ बाट सेल्सवेरीको नामबाट पनि सञ्चालनमा आएका छन् । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् ।
केही समयपछि काठमाडौंको महाराजगञ्जबाट अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मल सञ्चालनमा ल्याउने तयारीमा छ ।

Related