गण्डकीको मुख्यमन्त्री मन्त्रीमा पाण्डे नियुक्त
"कांग्रेस, माओवादी केन्द्र र समाजवादीका ३५ जना सांसदहरुको हस्ताक्षर "
तपाईको प्रतिक्रिया





गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
पाण्डेले मुख्यमन्त्रीका लागि कांग्रेस, माओवादी केन्द्र र समाजवादीका ३५ जना सांसदहरुको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए ।
सत्ता साझेदार दलबीच गण्डकीमा आलोपालो सरकारको नेतृत्व लिने सहमति भएको थियो । जस अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्ने भएका छन् भने दास्रो चरणमा माओवादीका हरि बहादुर चुमान मुख्मयन्त्री बन्ने छन ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।
सभामुखसहित माओवादीको ८ सीट रहेको छ । स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री भएका थिए ।
नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो ।
अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो ।
Related