गण्डकीमा पाण्डेलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष कांग्रेस-माओवादीको दाबी पेस
"३५ जना सांसदहरूको हस्ताक्षर "
तपाईको प्रतिक्रिया





गण्डकीमा सरकार बनाउनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलेका सांसदहरुको टोली प्रदेश प्रमुख पृथ्बीमान गुरुङ समक्ष दाबी पेश गरेका छन ।
३५ जना सांसदहरूको हस्ताक्षर सहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश भएकाे हो । ।
प्रदेश प्रमुखले ताेकेकाे ४ बजेसम्मको समयसीमा भित्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ३५ सांसदकाे हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन् ।
सुरेन्द्रलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल नेकपा एस प्रवेश गरेकाे राजीव गुरूङ ‘दीपक मनाङे’सहितले हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
Related