• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका पर्यटन ब्यवसायीद्धारा अमेरिकन राजदुतसंग आपसी सहकार्यका विषयमा गरे छलफल

  •    शुभेच्छा न्यूज  /१६ बैशाख २०८०, शनिबार १४:२० ,  प्रकाशीत
  • होटल संघ पोखरा नेपाल र नेपालकालागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ ।

    सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि सहकार्य प्रति आफूहरु आसावादी रहेको भनाई राखे ।

    पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनिउनले अवगत गराएका थिए ।

    सुन्दर पर्यटकीय नगरी पोखरामा राजदूत डिन र अमेरिकी दुतावासका अधिकारीहरुलाई स्वागतगर्न पाउँदा संघ खुसि भएको बताउँदै ढकालले औपचारिक रुपमै पोखरा छिटै नेपालको पर्यटकीय राजधानी बन्ने जानकारी गराए ।

    सुन्दर ताल, हिमाल, विविध र संस्कृति यहाँको विशेषता रहेको पनि महासचिव ढकालले सो अवसरमा बताए ।झण्डै चार दशकदेखि संघले पर्यटकीय सेवा सुविधालाई गुणस्तरीय बनाउनेतर्फ कामगर्दै आएको स्मरण गराउँदै ढकालले यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराए ।

    रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै गरिवीको अन्त्यगर्ने संघको उद्धेश्य रहेको पनिउनले बताए ।कोभिड १९ पछि पोखराको पर्यटन क्षेत्र पनिमारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामाकुनै कमिनहुने गरी अफ्ठ्यारो अवस्थामा पनि आफूहरुले सेवा गरिरहेको सुनाए ।

    पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नती पनि केही अवधिमा सकिने बताउँदै ढकालले पर्यटकीय पूर्वाधारका हिसावले पोखरामा कुनै समस्या नभएको बताए ।

    पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारहरुलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आबश्यक सहकार्य गर्न संघ तयार रहेको पनि ढकालले बताए ।

    पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको बताउँदै उनले द्विपक्षीय व्यापारिक लाभका लागि संघले आबश्यक भूमिका खेल्न सक्ने सुनाए ।

    कार्यक्रममा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषय प्रतिचासो व्यक्त गरेका थिए ।

    टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पर्यटकको सुरक्षाको लागि पथप्रदर्शको व्यवस्था गरिएको जानकारी गराए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.