• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा किशोर, निरज र सुरज

  •    शुभेच्छा न्यूज  /१६ बैशाख २०८०, शनिबार १६:१२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ ।

    अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ ।

    यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।

    अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ ।अवार्ड अन्तरगतका चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ ।

    अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा आर्चरीका किशोर कुमार गुरुङ्ग केके, टेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् ।

    किशोर कुमार गुरुङ्ग केके – आर्चरी
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोर कुमार गुरुङ्गले टोलि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

    उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्य सहित १३ पदक दिलाएको हो ।
    नेपाल आर्चरी संघका केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले नेपालमै आर्चरी खेल भित्राएका आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकालीको भनाई छ ।

    ६५ वर्षिया गुरुङ्ग सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि यो खेल सिकाए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् ।

    सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे । उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ ।

    त्यसो त उनले आर्चरी भन्दा पहिला सुटिङ शुरु गरेका थिए । तर माओवादी द्वन्दका बेला यो खेललाई निरन्तता दिन नसकेपछि उनी सुटिङबाट आर्चरीतर्फ लागे ।

    स्याँग्जा–१, आँधिखोलमा पिता स्व.लोकबहादुर गुरुङ्ग र माता स्व.सिजा गुरुङ्गको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् ।

    निरज थापा –टेनिस
    झण्डै २ दशक अघि काठमाण्डौबाट पोखरा आएका निरज थापाले अन्ततः पोखरालाईनै घर बनाए । केहि समयका लागि भन्दै आएका उनले यहिं घरजम गरे ।

    अहिले उनी आफ्ना दुई छोरा र अन्य थुप्र्रै शिष्य सहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेको देखिन्छन् ।
    निरजलाई पोखरेली टेनिस खेलाडीहरु ‘रसियन गुरु भन्ने गर्दछन् ।

    २०५९ सालमा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समिर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ्ग, बिनोद कायस्थ, दोर्जे लामा लगायत दश पन्ध्र जना त्यो कोर्टमा देखिन्थे ।

    अल्लि समयपछि कुमार अधिकारी, महेश्वर तिवारी लगायतका केहि युवा खेलाडीहरु त्यहि कोर्टमा आए । अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाहि, शक्ति शर्मा लगायतले निरजसंग ¥याकेट समात्न सिके । लगातार ४ वर्षदेखि नेपालको शिर्ष वरियता प्राप्त प्रदीप खड्का उनै निरजका चेला हुन् ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज यो प्रदेशको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा रहेका प्रदीपले यहि वर्ष पोखरामा सम्पन्न माछापुच्छ्र्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरि ५ स्वर्ण पदक हाता पारे ।

    थापाले छैठौं संस्करणको पोखरा स्पार्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए ।

    सुरज सुनार –आइटीएफ तेक्वान्दो
    ४ डान प्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो ।

    आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको हो । २०४५ सालमा बुवा तेजबहादुर सुनार र आमा भिमकुमारी सुनारको तीन भाई छोरा मध्ये कान्छा छोराका जन्मिएका सुरजमा सानै देखि यो खेलको भोक थियो ।

    पोखरा–२९, पट्न्यारीका सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल शुरु गरेका हुन् । भण्डारढीकास्थित सैनिक आइटीएफ दोजाङमा प्रकाश थापा मगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ सालदेखि त्यहि दोजाङमा प्रशिक्षकका रुपमा आफुलाई उभ्याए ।

    त्यहिबेला उनले भरतपोखरी तेक्वान्दो दोजाङमा पनि सयौं विद्यार्थी जन्माएका थिए । अहिले पनि उनीसंग सयौं खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गर्दछन् ।

    यसअघि उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्र्तराष्ट्रिय रेफ्रीको भूमिंका पनि निर्वाह गरिसकेका छन् । खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका छन् ।

    अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षक सहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला,वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

    वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

    वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।

    लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.