• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने

  •    शुभेच्छा न्यूज  /१७ बैशाख २०८०, आईतवार १८:१४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन्।

    १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आठौँ दिनमा विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्था अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

    मुख्मन्त्रीले विश्वासको मत लिने निर्णयसँगै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश सभाको अधिवेशन २१ वैशाख बिहीबारका दिन १४ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गरेका छन्।

    संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

    ६० सदस्य प्रदेश सभामा चार दलको प्रतिनिधित्व रहेको छ। ६० सदस्यमध्ये नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित एकजना सदस्य छन्।

    बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन अवश्यक रहन्छ। पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका २७, माओवादीका सात र स्वतन्त्र एक गरी ३५ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.