• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

  •    शुभेच्छा न्यूज  /१८ बैशाख २०८०, सोमबार १८:५२ ,  प्रकाशीत
  • नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका छन् ।

    चलचित्र पत्रकार संघ कास्कीका संस्थापकसमेत रहेका अध्यक्ष सिग्देललाई चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिकाेत्सवको अवसरमा सम्मान गर्न लागेको हो ।

    सिग्देलसंगै अन्य पाँच पत्रकार सम्मानित हुँदैछन् । २०५४ सालदेखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका सिग्देलको नेतृत्वमा २०६० सालमा चलचित्र पत्रकार संघ कास्की स्थापना भएको थियो ।

    संघको केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेललाई सम्मान गर्न लागेको हो ।

    त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट दीपज्योति थापा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० कुबेर डंगोल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट तुलसी गिरी भावुक र राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट शान्तिप्रियलाई पनि सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकेटाले जानकारी दिए ।

    बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.