प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नवौँ पटक बिस्तार गरेको मन्त्रिपरिषद्मा स्याङ्जाका धनराज गुरुङ कानुन मन्त्री भएका छन् ।
पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्य बनेका गुरुङ शेखर कोईरालाको क्याम्पबाट मन्त्री बनेका हुन ।
कानुन मन्त्री नियुक्त भएका धनराज नेपाली कांग्रेसको उपसभापति समेत हुन् । उनले गत मंसिरमा सम्पन्न निर्वाचनमा स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई कानुन, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।

Related