• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले मापदण्ड विपरित फिर्के खोलामा निर्माण गरिएको पर्खाल भत्कायो

  •    शुभेच्छा न्यूज  /२० बैशाख २०८०, बुधबार ०९:५४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो ।

    फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो ।

    खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम थापाले बताए ।

    मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाए लगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो । तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरि भत्काइएको थापाले बताए ।

    फिर्के खोला मिचेर त्यसको मापदण्डलाई समेत ख्याल नगरी निर्माण गरिएका सबै संरचनाहरू क्रमशः हटाउँदै जाने तयारीमा महानगरपालिका रहेको प्रमुख धनराज आचार्यले बताए ।

    फिर्के खोलाको संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले मापदण्ड विपरीतका कुनै पनि संरचनाहरू निर्माण नगर्न समेत आग्रह गरे।

    महानगरपालिका फिर्के खोलाको मापदण्ड पुनरावलोकन गरी नयाँ प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको प्रमुख आचार्यले बताए ।

    मापदण्ड वितरित निर्माण गरिएका संरचनाहरू भए आफैले हटाई खोलाको स्वतन्त्र बहावलाई अवरोध नगर्न अनुरोध समेत गरे।

    फिर्के खोलाको संरक्षण र सौन्दर्यीकरणका लागि पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएपछि नयाँ ढङ्गले अगाडी बढ्ने योजनामा महानगरपालिका रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.