गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले फिल्ममा अभिनय गर्ने भएका छन्।
गण्डकी प्रदेशमा अघिल्लो सरकारमा खेलकुद मन्त्री समेत रहेका उनले अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघ चाल’मा मुख्य भूमिका निर्वाह गर्न लागेका हुन्।
सम्राट बस्नेतले निर्देशन गर्ने फिल्ममा कथा, पटकथा र संवाद शिवम् अधिकारीको छ। फिल्मको अधिकांश छायाँकन नेपालमा हुनेछ भने एउटा गीत र बाँकी छायाँकन अष्ट्रेलियामा गरिने छ।
मनाङेले पहिलो पटक फिल्ममा अभिनय गर्न लागेका हुन्। मनाङेले यसअघि छोरा सिद्धार्थ गुरुङलाई अभिनेताका रुपमा फिल्म ‘वन वे’ चलचित्रमा खेलाएका थिए।

Related