पर्वत कांग्रेसमा पहिरो : युवा नेता सुवेदी सहित तीन दर्जनले गरे पार्टी परित्याग
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेस पर्वतका युवा नेता मिलन सुवेदीसहितको टोली पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ ।
सुवेदीसहितको टोलीलाई बिहीबार रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश गराएका हुन् ।
एकसाता अधि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत तीन दर्जनले पार्टी छाडेका थिए ।
Related