महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन् ।
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो।
शेरचनको शव आफ्नै होटलभित्र प्लाष्टिकको टेपले हातखुट्टा र मुख बाँधेको अवस्थामा मृत भेटिएको थियो ।
उनको हत्यामा वडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का शिव बहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Related