राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता
"प्रचण्ड सरकारसंग स्पष्ट बहुमत भएकाले सरकार संचालनमा कुनै समस्या नपर्ने "
तपाईको प्रतिक्रिया





राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता फिर्ता लिएको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारसँग रास्वपाले चारवटा सर्त राखेको थियो । तर सर्त पूरा नहुने भएपछि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।
१० पुसकाे गठबन्धनमा एमालेसँगै रास्वपा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएकाे थियाे । तर नागिरकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि मन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे ।
रास्वपाले समर्थन फिर्ता लिएपनि प्रचण्ड सरकारसंग स्पष्ट बहुमत भएकाले सरकार संचालनमा कुनै समस्या पर्ने छैन ।
Related