• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांस्कृतिक सम्बन्ध सुधार्न नेपाल–चीन फ्रेन्डसिप ड्रागन फेस्टिभल हुने

  •    शुभेच्छा न्यूज  /२२ बैशाख २०८०, शुक्रबार १३:३८ ,  प्रकाशीत
  • दक्षिण एसिया मै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको हो ।

    दुई देशबिच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबिच सम्झौता भएको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

    यस प्रकारको बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना गर्न लागिएको हो । रेसका लागि चीनबाटै ८ वटा विशेष खालका बोट सहित अन्य सहभागीहरू नेपाल आउनेछन् । फेस्टिभलमा नेपालका सातै वटै प्रदेशबाट सहभागिता रहनेछ ।

    यस कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्वास व्यक्त गरे।

    पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने नको भनाइ छ । फेस्टिभलपछि करोडौँ मूल्यका ८ थान डुङ्गाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने छ ।

    बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।

    चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकको लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे। कार्यक्रमले दुवै देशबिचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने उहाँले विश्वास व्यक्त गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.