पोखरा बेगनास तालमा विराटनगरका ३१ वर्षीय अनुप भण्डारी मृत भेटिएका छन् । उनी तालमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयको राहदानी विभागमा नासुमा कार्यरत भण्डारी सोमबार बिहान तालको छेउको पानीमा घोप्टो परेका अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको झोलामा मोबाइल र १०, १२ हजार पैसा समेत भेटिएको प्रहरीले जनाएको छ ।
भण्डारी आइतबार बिहान १० बजे अफिस जान भनेर हिँडेका थिए । उनी दिउँसो १ बजेको सौर्य एयरको फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए ।
भण्डारी आफैँ तालमा फाल हानेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ / शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ल्याइएको छ ।

Related