• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा भागबण्डा टुङ्गियो, दीपक मनाङे मन्त्री बन्ने पक्का

  •    शुभेच्छा न्यूज  /२६ बैशाख २०८०, मंगलवार १९:०३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा दलहरुबीच मन्त्रालयको भाग बण्डामा सहमति जुटेको छ ।

    लामो समयको रस्साकस्सीबीच प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनमा सहमति जुटेको हो ।

    सहमति अनुसार प्रदेश सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा एसले एक मन्त्रालय भागबन्डा गर्ने सहमति भएको हो।

    यस अगाडीको सरकारमा पनि एमालेले मुख्यमन्त्री सहित चार मन्त्रालय लिएको थियो । त्यस्तै माओवादीले २ मन्त्रालय र राप्रपाले एक मन्त्रालय पाएका थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि कांग्रेसले चार, माओवादी २ र समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको हो ।

    गण्डकीमा स्वतन्त्रबाट निर्वाचित भएर पछि समाजवादी छिरेका राजीव गुरुङ उर्फ दीपक मनाङेको एकमात्र सिट भएकाले उनी मन्त्री बन्ने निश्चित भएको छ ।

    कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट टुंगिन बाँकी छ। कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा छलफल हुने छ ।

    प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन्। समाजवालीको एक वटा सिट छ ।

    पूर्वमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता हरि बहादुर चुमानले माओवादीले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा दावी नछाड्ने बताउँछन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.