• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा म्याद गुज्रेका करिव १४ लाखको बियर प्रशासनको नियन्त्रणमा, विक्रिवितरणको विवरण सहित प्रशासनमा सम्पर्क गर्न निर्देशन

"१३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको म्याद गुज्रीएको बर्डवाइजरको बियर "
  •    शुभेच्छा न्यूज  /२६ बैशाख २०८०, मंगलवार २१:०६ ,  प्रकाशीत
  • पोखरामा प्रशासनले म्याद गुज्रेका करिव १४ लाख रुपैयाँको बर्डवाइजर बियर नियन्त्रणमा लिएको छ ।

    मंगलबार प्रशासनले पोखरा ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको म्याद गुज्रीएको बर्डवाइजर बियर नियन्त्रणमा लिएको हो ।

    पोखराको महेन्द्रपुलमा रहेको एक डिपार्टमेन्ट स्टोरबाट किनेर लगेको बर्डवाइजर बियर म्याद गुज्रीएको भेटिएको भन्दै एक उपभोक्ताले उजूरी गरेपछि उक्त डिपार्टमेन्ट स्टोर्सले बर्डवाइजर बियर पोखराको पस्र्याङ स्थित सिद्धार्थ लाभाजुले सञ्चालन गरेको लाभाजु इन्टरप्राइजेजबाट ल्याउने गरेको बताएपछि प्रशासनको टोली निरिक्षका लागि पुगेको थियो ।

    ब्यवसायी र उपभोक्ताले लावाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको गुनासो गरेपछि गरिएको अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरिएको जिल्ला प्रशासन कार्यालय कास्की सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

    उनका अनुसार बर्डवाइजर बियर पोखरा लाभाजु इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर प्रशासनले बरामत गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी ढकालले म्याद गुज्रेका बियर नष्ट गरेपछि ऐन अनुसार कारवाही हुने बताए ।

    अनुगमन टोलीले म्याद गुज्रेको वर्डवाइजर वियरका बिक्रेता र डिपार्टमेन्ट स्टोरका संचालकलाई मिती २०८० बैशाख १८ दृेखी बैशाख २५ गते सम्मको खरिद बिक्री विल आगामी बैशाख २८ गते सम्म जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गर्न निर्देशन दिएको ढकालले बताए ।

    त्यसैगरी लाभाजु इन्टरप्राइजेजलाइ समेत म्याद गुज्रेका, म्याद नगुज्रेका सामानहरु छुट्टाटुट्टै राख्न र ब्यवशाय दर्ता नविकरण सहितको कागाजात सहित मिति २०८० वैशाख १५ देखी बैशाख २५ गते सम्मको खरिद एवं बिक्री विल लिएर बैशाख २८ गते भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएको सहायक प्रजिअ ढकालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.