• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२१ सय शुल्क तिर्न नसक्दा बिद्यालयले प्रबेशपत्र नदिएकाले विद्यार्थीले गरे आत्महत्या

  •    शुभेच्छा न्यूज  /२६ बैशाख २०८०, मंगलवार ०९:५७ ,  प्रकाशीत
  • परिक्षा शुल्क तिर्ने रकम जोहो गर्न नसक्दा धादिङका एक विधार्थीले आत्महत्या गरेका छन ।

    धादिङकको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले परिक्षा शुल्क तिर्न नसक्दा आत्महत्या गरेका छन् ।

    चैनपुर ७ कै १९ वर्षिय जित बहादुर बयलकोटीले आर्थिक अभावले कक्षा १२ को परिक्षा शुल्क तिर्ने रकम जोहो गर्न नसक्दा आत्महत्या गरेको परिवारले जनाएको छ ।

    कक्षा १२ को वार्षिक परीक्षाका लागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको कृष्ण बहादुर सार्कीको दाबी छ । बावु कृष्णबहादुरले भने,‘विद्यालयलाई दुई हजार एक सय शुल्क तिरेर प्रवेशपत्र लिनुपर्ने थियो । दैनिक ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएकाले समयमा पैसा तिर्न सकेका थिएनौँ । २० वैशाखमा प्रवेशपत्र माग्न जाँदा रित्तो फर्काएछन् । २० वैशाखको त्यही राति छोरोले विष खाएछ।’

    अपांगता भएर बाबु थलिएपछि भाइबहिनीसहित परिवारको जिम्मेवारी जितबहादुरकै काँधमा आएको थियो । बाबु कृष्णबहादुरका अनुसार विद्यालयलाई तिर्नुपर्ने शुल्कको व्यवस्था गर्न उनले गाउँमा चिनेजानेकासँग सापटी मागेका थिए । तर, कसैबाट सहयोग नपाएपछि विद्यालयमै कुरा गर्छु भनेर गएका थिए ।

    छोराले आत्महत्या गर्नुको कारण निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै उनले २४ वैशाखमा प्रहरीमा उजुरी दिएका छन् । दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक बलराम इटनीले भने विद्यालय र आफ्नो कारणले जितबहादुरले आत्महत्या नगरेको दाबी गरे ।

    उनका अनुसार विद्यालयले दुई लाख ९१ हजार अक्षयकोषको ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई करिब ५० हजारजति छात्रवृत्ति दिँदै आएको छ । तर, गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्तिमा जितबहादुरको नाम छैन ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.