०६२/६३ मा भएको जनआन्दोलनका घाइते एवं ज्यूँदो शहीद मुकेश कायस्थको निधन भएको छ।
बुधबार उनको ३१ वर्षको उमेरमा निधन भएको हो। जनआन्दोलनको क्रममा चैत २७ गते बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो।
१४ वर्षीय मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए। उनको काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो।
उनको नौ पटक शल्यक्रिया गरिएको थियो। वीर अस्पतालमा ११ महिनाको उपचारपछि बनेपा लगेको केही दिनपछि उपचारमा दलहरूले ध्यान नदिएको भन्दै स्थानीय युवाले अरनिको राजमार्ग बन्द गराएका थिए।
त्यसपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्यूरो सर्जनमा लगेर उपचार शुरू गरिएको थियो।

Related