छुरा हानेर हत्या गरेको आरोपमा आमा छोरा सहित तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा धादिङ गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको प्रहरी बताएको छ ।
बुधबार राति होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो ।
पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएपछि सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए ।
विनोदलाई ५/७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ ।
विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान पौने २ बजे उपचारको क्रममा ज्यान गएको हो।

Related