• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /३० बैशाख २०८०, शनिबार ०९:५१ ,  प्रकाशीत
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक रहनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोटपटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    यो साता अत्यन्तै शुभ रहेको छ । समयको सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    साताको सुरुवातमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । अल्ली बढी व्यस्त रहन पर्नसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    यो सातामा घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    यो साता नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    यो सातामा पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धन लाभ पनि हुन सक्छ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ । नयाँ नौलो समाचार सुन्न पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्ध बाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    यो साता शुभ समाचार सुन्न पाइएला । घरमा नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर बजार पनि नोक्सानदायी रहला ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    यो हप्ता आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । रोकिएका कार्यहरू पुन सञ्चालनमा आउनेछ । साताको अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनुपर्छ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    यो साता नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर जुट्न सक्छ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    यो हप्ता सुख दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । मध्य सातामा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.