• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वत कांग्रेसमा एकपछि अर्को पहिरो : जिल्ला सचिवका प्रत्याशी अचार्यले पनि छाडे पार्टी

  •    शुभेच्छा न्यूज  /३० बैशाख २०८०, शनिबार १२:०३ ,  प्रकाशीत
  • नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी मोहन आचार्यले पार्टी परित्याग गरेका छन् ।

    कांग्रेस १४ औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका उनले साढेदुई दशकदेखि आवद्ध भएको पार्टी नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।

    ‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका जोडिने सोचमा रहेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आचार्य नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।

    पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यले बताए । उनले भने,‘कांग्रेस अवसरवादीको मात्र पार्टी भयो । पार्टीमा नेताको चाकडी गर्नेलाई मात्र अवसर मिल्ने अवस्था रह्यो । हामी जस्तो इमान्दार निष्ठाको राजनीति गर्ने मान्छेको काम छैन ।

    यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्याशी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकैपटक पार्टी परित्याग गरेका थिए ।

    जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए ।

    उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन् ।

    त्यसको केही दिनपछि नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले पनि पार्टी परित्याग गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.