मिति २०८० वैशाख ३१ गते आइतबार, इस्वीसंवत मे १४ तारिक सन् २०२३, नेपाल संवत् ११४३,
आजको राशिफल
मेषः आजको दिन छलफल तथा बहस आदिमा मत बाझिने र असमझ्दारी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अबरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । मातृशक्तिको आज्ञा वा आशिर्वाद लिएर अघि बढ्नुले कुनै तर्फबाट आकस्मिक उपलब्धि एवं लाभ हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रमा सफल हुन सकिनेछ ।
वृषः आजको दिन बाधा ब्याबधानको बाबजुत पनि सकारात्मक लिन सकिन्छ । अल्लि बढी ईच्छाएको काम प्रभावित हुनेछ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद पनि रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ, स्वास्थ्यको भने विचार पुर्याउनु पर्ला । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यबाट लाभ एवम् सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ ।
मिथुनः आजको दिन काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै पर्न सक्नेछ । आफ्नो काममा भन्दा अरुकै काममा समय दिनपर्ने, गरेको काममा अपयश मिल्ने जस्तो पर्न सक्नेछ । मानप्रतिष्ठामा ह्रास, खर्च बढ्ने तथा कार्यमा असफल गराउने चक्रव्यूह चल्नसक्ने छ । अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक उद्दिग्नता हुनसक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । स्वकर्ममा लगनशील भएर सद्प्रयासरत रहनाले भने प्रतिकूलता कम हुन गई केही लाभ हातपार्न सकिनेछ, आत्मबल नगुमाउनु उचित हुनेछ ।
कर्कटः आजको दिन सत्कर्मबाटै आय-आम्दानी गर्नसकिने छ । शैक्षिक कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज पूर्वतर्फको यात्राले विशेष लाभ हासिल हुन सक्ने देखिन्छ । तर आर्थिक कारोबार गर्दा भने विचार पुर्याउन आवश्यक छ ।
सिंहः आजको दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नति हुन सक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ ।
कन्याः आजका दिन यद्यपि दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि मुख्य कार्यमा अदृश्य रोकावट तथा बाधाब्याबधान आउनसक्ने कुरालाई गोचरले देखाइरहेको हुनाले त्यसको निवारणको लागि गणेशभक्ति हितकर हुनेछ । सामान्यतया ढुकुटीमा खजाना तथा धन दौलत जम्मा हुनेछ । वाणी सिद्धिकर दिन परेकोले मान्छेहरुलाई बोलीवचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिन सकिने देखिन्छ । आफन्तहरूबाट सहयोग पनि मिल्ने र उत्साह तथा उमङ्गमा बृद्धि हुनेछ । केहीहद्सम्म व्यवसायिक प्रगति भई धन–सम्पत्तिकोे संग्रह पनि हुनेछ ।
तुलाः आजको दिन त्यति प्रभावकारी छैन । साविकभन्दा बढी संघर्ष गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या पर्नसक्ने सम्भावना पनि छ । आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । खर्चमा बृद्धि हुने र कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । प्राप्त आश्वासन पूरा हुननसक्ने भएकोले बढी अपेक्षा नगरेकै उचित हुनेछ । कुरो नबुझि हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । संघर्ष नै परेपनि विवेकपूर्ण तरिकाले स्वकर्मलाई समय दिनाले केही उपलब्धि भने हुनसक्ने छ ।
वृश्चिकः आजको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलत नियत भएको विपरित लिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ ।
धनुः आजको दिन धेरै तर्फबाट अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक क्षमतामा बृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ ।
मकरः आजको दिन ग्रह गोचरलाई सकारात्मक हो तर पनि आफ्नै अहंताले सफलताको मुखमै पुगेको काम रोकिने सम्भावना छ । घमण्ड तथा प्रमाद् नगर्नु बुद्धिमानी हुनेछ । शक्ति तथा विद्याको अहं योजना बनाए पनि गोचरले त्यति साथ दिएको देखिँदैन । काम नभई नबोलेको उचित हुनेछ । विश्वासघातको पनि सम्भावना पनि छ, होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्नेछ ।
कुम्भः आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि समाज सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।
मीनः आजको दिन शारीरिक क्षमता तथा जोश जाँगर बढ्ने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ । कार्यक्षेत्रमा विशेष रुचि बढ्ने छ । महत्वपूर्ण कार्ययोजना अगाडि बढाउन सकिने छ । आफन्तसँग भेटघाट हुने र सहयोग मिल्ने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्वपूर्ण काममा साथ सहयोग पनि प्राप्त हुनेछ ।
साइतः सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

लेखक ज्यो. हरि पन्त
Related