पोखरा महानगरले विभिन्न ठाउँमा रहेका पाँच वटा पेट्रोल पम्पमा अनुगमन गरेको छ ।
मंगलबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पाँच वटै पेट्रोलपम्पहरुमा परिणाम र गुणस्तरमा कुनै कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिईन ।
पोखरा महानगरपालिकाकी उपमेयर गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए ।
अनुगमतका क्रममा डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताए ।
उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन भएको पाइएको छ । महानगरमा दार्त नगरिएका पम्पलाइ तत्कालै दर्ता गर्न निर्देशन दिएको उनले बताए ।

Related