• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘खेल्छ गण्डकी’ कार्यक्रम महिला भलिबल खेलाडी उत्पादनमा

  •    शुभेच्छा न्यूज  /३ जेष्ठ २०८०, बुधबार २०:१३ ,  प्रकाशीत
  • गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको खेल्छ गण्डकी कार्यक्रम गण्डकी प्रदेशको महिला भलिबल खेलको विकासमा अघि बढ्ने भएको छ ।

    परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रम मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निधो गरेको हो ।

    परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै सो रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए ।

    नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै गएकोमा सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए ।

    आ।व २०७९र०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ ।

    कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीहरुलाई ट्यालेन्ट हन्टको माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवाशिय सुविधा सहितको प्रशिक्षण दिइने छ ।

    कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृतीमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ ।

    सो को लागि उच्च मावी शिक्षा परिषद गण्डकी, निजि विद्यालयहरु, निजि क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ ।

    खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसंग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए ।

    साथै बैठकले आ।व। २०८०र०८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आ।व २०७९र०८० को बाँकी कार्यक्रमहरु समेत चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.