• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महावीर पुनको आविष्कार केन्द्रले बनाएको मेसिन भारत निर्यात

  •    शुभेच्छा न्यूज  /३ जेष्ठ २०८०, बुधबार १९:३६ ,  प्रकाशीत
  • महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको एउटा मेसिन भारत निर्यात भएको छ । अन्न भुट्न प्रयोग हुने मेसिन आविष्कार केन्द्रको उत्पादन हो जुन केन्द्रले ६७ हजार ८ सय रुपैयाँमा बिक्री गरेको छ ।

    आफ्नो उत्पादन भारत तर्फ बिक्री गरेको खुसीयालीमा यसबारेको बृस्तृत जानकारी पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । उनका अनुसार भारतको रिम्दिकबाट आएका खरिदकर्ताले मेसिन किनेका हुन् ।

    अब भारतको सामान मात्रै किन्ने होइन भारतलाई सामान पनि बेच्ने हो भन्ने उनको धारणा रहेको छ । मेसिन बिक्री गरेको बिल, खरिदकर्ता र बिक्रिगरेको मेसिनको तस्बिर सहित उनले फेसबुक स्ट्याटसमा लेखेका छन् : ‘लु हेर्नु होस्, राष्ट्रिय आविष्कार केन्द्रमा बनेको अन्न भुट्ने मेशिन भारतमा निर्यात गरियो ।भारतको सामानहरू मात्र कति किन्ने !!! होइन त ???’

    आफ्नो कामको खिसिट्युरी हुने गरेकोमा दिक्क मान्दै आएका पुनले थप अगाडी लेखेका छन् : ‘ठट्टा गरेको होइन । एउटा मसिन साँच्ची कै बेचेको हो । ६७ हजार ८ सय रुपैंयाको बिल पनि हेर्नु होला । अनि कसैले पनि नगिज्याउनु र नउडाउनु होला ।’

    पुनका अनुसार मेसिन खरिदकर्ता भारतको दार्जिलिङबाट २ घण्टा परको रिम्दिक भन्ने गाउँबाट आएका हुन् । राजेश कुमार राई नाम गरेको ती व्यक्ति यहि मकै र अन्न भुट्ने मेशिन किन्न भनेर आएका आएका हुन् ।

    पुनले यसबारे थप लेखेका छन्, ‘उनले सो मेशिन फेसबुकमा देखेका रहेछन् । उता तिर खोज्दा कहीँ पनि पाएनछन् । अहिलेलाई यो एउटा उदाहरण मात्र हो । भविष्यमा यस्ता धेरै किसिमका थुप्रै सामानहरू भारत र अन्य देशहरूमा बेच्नु पर्छ । हो कि होइन ?? हो — हो ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.