नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरेको बताएका छन् ।
बिहिबार विहान प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले भने संरक्षण गरेको आरोप लगाए ।
उनले आफ्नो पार्टीका सचिब नागरिकता प्रकरणमा मुछिएकाले छानविनलाइ सहज बनाउन पार्टीले जिम्मेवारीबाट हटाएर सहयोग गरेको दाबी गरे ।
नक्कली शरणार्थी प्रकरण देशद्राह भएकाले यस प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । उनले भने,‘यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ । जो आएपनि कारबाही हुनुपर्छ । भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ । राजनीति संरक्षण हुनु हुदैन।’

Related