पोखरा नगरबस र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२२७ नम्बरको बस र ग २३ प ३६५६ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठी को मृत्यु भएको हो ।
बिहीबार दिउँसो पुम्दिभुम्दी स्थित भित्री सडक खण्डमा नगरबस र स्कुटर ठक्कर खाँदा घाइते भएका त्रिपाठीलाई तत्काल उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
सोही स्कुटरमा सवार पोखरा मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् ।
घाइते शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ।

Related