करोडौं रकम हिनामिनाको आरोप लागेका नगरप्रमुख नेपाली सम्पर्क विहीन
"सहकारीको रकम फिर्ता गर्न नसकेपछि सम्पर्कविहिन "
तपाईको प्रतिक्रिया





स्थानीयको करोडौं रकम हिनामिनाको आरोप लागेका बागलुङ. ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।
सर्वसाधारणको अर्बाैं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक नेपाली सर्वसाधरणको रकम फिर्ता गर्न नसकेपछि शुक्रबारदेखि सम्पर्कविहिन भएका छन्।
इमेज सहकारीमा ८ सय बढी सेयर सदस्यको झन्डै १ अर्ब बढी बचत थियो। त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत घरजग्गा खरिद गरेका थिए।
ती घरजग्गाबाट पनि मेयर नेपालीले प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट मेगा बैंक र गरिमा बैंकबाट झन्डै ५० करोड रुपैयाँबराबर कर्जा लिएका छन्। इमेज सहकारीका नाममा पनि ३५ करोडको कर्जा लिएको कर्जा सूचना केन्द्रको तथ्यांकमा देखिन्छ।
नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए । नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक देवकुमार नेपाली सम्पर्कविहीन भएको र फरार भएको भन्दै प्रशासनमा निवेदन परेको बताइन्।
इमेज सहकारी गत महिना समस्याग्रस्त भएपछि नेपालीले व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए।
Related