• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

च्याउ खेतीले फेरिएको जीन्दगी : मासिक साढे २ लाख कमाई, ४ जनालाई रोजगारी

  •    शुभेच्छा न्यूज  /८ जेष्ठ २०८०, सोमबार १०:३२ ,  प्रकाशीत
  • केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ ।

    बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न शुरू गरेका ५० वर्षीय उनि अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

    कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उनिलाई अहिले च्याउबाला रामनाथको रुपमा स्थानीयले सम्झिने गरेका छन् । स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पुर्‍याउने भन्ने हतारो हुन्छ ।

    सामान्य लेखपढ गर्न मात्र भएका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रुपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौँसम्म पुर्‍याएर राम्रो आम्दानी गर्दै आएको बताउँछन् । ‘पहिला चर्को घाममा उभिएर काम गर्नुपर्दा धेरै स्वास्थ्य समस्या हुन्थ्यो’, उनि भन्छन्, ‘त्यही भएर राजमिस्त्रीको काम छाडेर व्यवसायी गर्छु भनेर सोचे र च्याउ खेती शुरू गरे ।’ थोरै मिहिनेत र कम समयमा राम्रो आम्दानी हुने भएकाले च्याउ खेतीलाई आफूले व्यावसायिक रुपमा अघि बढाएको उनको भनाइ छ ।

    ‘शुरू शुरूमा च्याउ खेतीबारे खासै कुनै जानकारी थिएन, त्यसैले के गर्ने नगर्ने अन्यौलतामा थिए’, किसान पासवान भन्छन्, ‘पछि युट्युव च्यानलबाट हेरेर यहीबाट सिक्दै च्याउ खेती शुरू गरे, अहिले यसबारे पूरा सिकिसके ।’ कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले पनि समय समयमा यसबारे परामर्श दिइरहनुभएको छ ।

    स्थानीय कच्चा पदार्थ (सोतर)को प्रयोग गरेर उत्पादन शुरू गरेको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उनको भनाइ छ । च्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त मानिन्छ । गर्मीयाम उत्पादन नहुने भए पनि च्याउ खेतीबाट वार्षिक तीन/चार लाखसम्म आम्दानी गर्ने गरेको पासवानको कथन छ ।

    एक्लैले नभ्याइपछि पासवानले अहिले उत्पादित च्याउ टिप्न र प्याकिङ गर्न चार जना कामदारलाई रोजगारीसमेत दिनुभएको छ । ‘अहिले दैनिक ४०/५० किलो च्याउ उत्पदान हुन्छ, त्यो टिपेर प्याकिङ गर्न एक्लैले भ्याउँदैन्’, पासवान भन्छन्, ‘त्यसैले चार जनालाई कामदारको रुपमा राखेको छु, उनिहरुले सघाइरहेका छन् ।’ च्याउ टिपेर प्याकिङ गरेपछि व्यापारी फर्ममै च्याउ खरिद गर्न आउने गरेको पासवानको भनाइ छ ।

    कुनै बेला खान लाउनसमेत धौधौ हुने पासवानलाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च च्याउ खेतीकै आम्दानीले पुग्ने गरेको छ । उनिले सोही व्यवसायबाट आफ्ना चार छोराछोरीलाई वीरगञ्जस्थित राम्रो विद्यालयमा पढाइरहेका छन् ।

    च्याउ खेतीका लागि खासै ठुलो समस्या नरहेको बताउने किसान पासवान गर्मीयाम उत्पादन नहुने र पानी जम्ने हुँदा केही समस्या भइरहेको बताउँछन् । च्याउ खान स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले पर्साको वीरगञ्ज लगायतका बजारमा प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भईरहेको च्याउ व्यापारी तेजीलालकुमार सर्राफ बताउँछन् ।

    ‘बजारमा च्याउको माग बढी छ, तर उत्पादन त्यति छैन’, उनि भन्छन्, ‘जिल्लाको दुई ठाउँमा मात्र च्याउ खेती हुन्छ, त्यसले बजारको मागलाई धान्न सकिरहेको छैन ।’ हेटौंडाबाट पनि च्याउ मगाउँछौँ तर पासवानको फर्मबाट उत्पादन भएको च्याउको जस्तो हेटौँडाबाट आउने च्याउमा स्वाद नभएकाले यहीको च्याउ नै धेरैले खोज्ने गरेको सर्राफ बताउँछन् ।

    च्याउ खेतीलाई प्रवर्द्धन गर्न आवश्यक परामर्शसहित बिउबिजनसमेत सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रका पर्साका प्रमुख मुनिलाल कुशवाह बताउँछन् ।

    शुरूमा व्यवसाय सञ्चालनका लागि आफ्नै लगानी परे पनि अहिले यस्ता कृषकलाई आर्थिक तथा प्रविधि सहयोगसमेत गर्दै आएको प्रमुख कुशवाहको भनाइ छ ।

    बजारीकरणको समेत राम्रो सम्भावना भएकाले च्याउ खेतीलाई प्रवर्द्धन गर्ने आफूहरुको नीति रहेको उनिले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.