• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा गर्ने भनिएको सात वटा प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित

  •    शुभेच्छा न्यूज  /९ जेष्ठ २०८०, मंगलवार १६:२५ ,  प्रकाशीत
  • पोखरामा हुने भनिएका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन तत्कालका लागि स्थगित भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको आयोजनामा पोखरामा बुधबार हुने तय भएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठक हाललाई स्थगित भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सपकोटाले जानकारी गराए ।

    उनले मंगलबार एक विज्ञप्ति नै जारी गर्दै भोलि हुने सम्मेलन स्थगित भएको जानकारी गराएका हुन् । उनले मुख्यमन्त्रीहरुको भेला स्थगित हुनुको कारण भने खुलाएका छैनन् ।

    कुन प्रदेशले के काम गरिरहेका छन् ?, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्न र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन गर्ने तयारी थियो ।

    यसका साथै संविधानले दिएका अधिकारसमेत केन्द्र सरकारले आफै राखिरहेको विषयमा समेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइने बताइएको थियो । भेलालाई प्रधानमन्त्री प्रचण्डले नै सम्बोधन गर्ने कार्यक्रम थियो ।

    यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीले तत्कालिन अवस्थामा सात वटै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर केन्द्र सरकारलाई अधिकारका लागि लविङ गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.