बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अंकले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ ।
१८०७ को न्यूनतम विन्दुसम्म ओर्लिएको बजार निरन्तर बढ्दो छ । नेप्से परिसूचक लगातार ६ दिन बढेको छ । बैंकरहरूले ब्याजदर घटाउँदै लैजाने संकेत गरेसँगै शेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न थालेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अंकले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो ।
कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले आठ दशमलब ३७ प्रतिशतले कमाएका छन् ।
सनराइज फस्ट म्युचुअल फण्ड दुई, ग्लोबल आइएमई बैंकको ऋणपत्र एक दशमलब ९८, लक्ष्मी उन्नती कोष एक दशमलब ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलब ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलब २३ प्रतिशतले गुमाएका छन् ।
आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।
सोमबार बैंकर संघले पत्रकारहरूमाझ बैंकहरूको आधारदर घट्दै गएकाले कर्जाको ब्याजदर क्रमशः घट्ने बताएका थिए ।
राष्ट्र बैंकले हरेक महीना कर्जाको ब्याजदर फेरबदल गर्ने व्यवस्था गरेको छ । प्रत्येक तीन-तीन महीनामा समायोजन गर्न मिल्ने कर्जाको ब्याजदर अब आधार दर घटे हरेक महीना घट्छ ।

Related