नेकपा एमालेले सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।
एमालेका गण्डकी प्रदेश कमिटी सदस्य रहेका नेपालीलाई सहकारीको मोटो रकम अपचलन गरेर भागेपछि पार्टीले निलम्बन गरेको हो ।
एमाले गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीबाट नेपालीलाई निलम्बन गर्ने निर्णय पार्टीले गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।
सहकारीका बागलुङ, पोखरा लगायतका ठाउँबाट बचतकर्ताले प्रशासनमा उजुरी दिएपछि अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको बताए ।
दवाडीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं / सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’
सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन् ।
पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ ।

Related