पोखरामा नाबालिकालाई अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सोमबार पोखरा महानगरपालिका –१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट तथा भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभनमा पारी अश्लील कुराकानी तथा भिडियो च्याट गरी रेकर्ड गर्ने र पीडितले उनले भने अनुसारको कार्य गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाएको उजुरी पछि प्रहरीले पक्राउ गरेको हो ।
युवाले नावालिगकी आमालाई समेत विभिन्न अनावस्यक म्यासेज गरी मानसिक तनाव दिएको प्रहरी भनाई छ ।
युवकले चरित्रहत्या गरेको जाहेरी परेसंगै नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा युवकलाई पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

Related