• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे औषधि भण्डारण कक्षको अनुगमन

  •    शुभेच्छा न्यूज  /१० जेष्ठ २०८०, बुधबार १६:१७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि, उपकरण भण्डारण कक्षमा पुगेर छड्के अनुगमन गरेका छन्।

    गण्डकी प्रदेश सरकारको मातहतमा, जिल्ला प्रशासन कार्यलय कास्की, उपभोक्तावादी संघ सस्था, नापतौल लगायतका अनुगमन गर्ने छुटै निकाय हुदाहुदै मुख्यममन्त्री पाण्डे आफै गोदाम अनुगमनमा गएका हुन ।

    पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिले औषधि, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले बुधवार भण्डारण कक्षमा पुगेर छड्के अनुगमन गरेर स्वास्थ्य संस्थामार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन्।

    जनप्रतिनिधिको गुनासोपछि स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधि थन्काएर राखेको, स्थानीय तहमा नपठाएको विषयमा प्रश्न गरेका थिए।

    स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताउँदै औषधि थन्काएर नराखी जनातालाई  सर्वसुलभ रुपमा उपलब्त्र गराउनु पर्ने बताए ।

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले  १० प्रतिशत औषधि इमरजेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै स्टोरमा औषधि रहेको जानकारी गराए ।

    उनले सबै प्रकारका औषधि अझै १० प्रतिशत अपुग रहेको भन्दै भएका औषधि जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पुर्‍याउन नसकेको बताए।

    मुख्यमन्त्री पाण्डेले आफूलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन पनि दिए ।

    उनले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउँदै आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.