• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /११ जेष्ठ २०८०, बिहीबार ०८:५१ ,  प्रकाशीत
  • जेठ ११ गते बिहिबार

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्राप्त हुने समय छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.