• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला सम्पन्न

  •    शुभेच्छा न्यूज  /१२ जेष्ठ २०८०, शुक्रबार १९:४८ ,  प्रकाशीत
  • नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स एआईको प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ ।

    शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस० र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

    कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने, एआई ले कसरी समाचार पढ्छ / खोजपत्रकारितामा एआईका टुल्स कसरी प्रयोग गर्ने / डाटा सुरक्षा कसरी गर्ने, विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराइन् ।

    छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् । उनले भनिन्, ‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’,

    भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रमलाई समयसमयमा गर्दै जाने भनाई उनको छ ।

    एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए । नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ ।

    सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.