प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।
शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेपछि प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।
गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।
यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।
सुरूमा एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राखिएको सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिबारे विरोध गरेका थिए।
जेठ १० गतेको बैठकमा सांसद दाहालले पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखेर भ्रष्टाचार गरिएको भनेका थिए।
दाहालको उक्त भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नुपर्ने नभए सुनको जलहरीको जाँच गर्नुपर्ने एमालेको माग थियो।
ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो। जलहरीमा १२ किलो सुन थप्ने भनिएपछि सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण-चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो।
महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको एकिन विवरण नआएको विषय उल्लेख छ ।
पशुपति मन्दिरको शिवलिंगको गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
जसमा शुद्ध तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंग १२.७५ ग्राम प्रयोगसहित १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।
“निर्मित जलहरी, जलधारा, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८८२२ ग्राम रहेको बाँकी सुन १० किलो ९७६ ग्राम रिंग बनाएर जलहरीमा प्रयोग गरेको उल्लेख छ ।
रिंग बनाउनको लागि सात करोड ८६ लाख ४६ हजार रहेको छ ।
जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिंग बनाउने काममा पुष्टि हुने विवरण पेस भएको छैन,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।

Related