पोखरामा नगर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ७ जना पक्राउ
"फेवाताल अतिक्रमण गरी सिमसार पुरिए "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना पक्राउ परेका छन्।
फेवातालको सिरानमा अनधिकृत रूपमा टिप्परमा माटो ओसारेको आशंकामा सोधखोज गर्ने क्रममा युवाहरुको समूहले नगर प्रहरीमाथि जाइलागेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।
पोखरा–२४ पामेमाथी घाँटीछिनाको बीचमा इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न गएको नगरप्रहरीलाई केही युवाले रोकेर दुर्व्यवहार गरेको आरोप नगरप्रहरीको छ ।
नगरप्रहरीको टोली पुगेर टिप्परमा माटो ओसार्ने अनुमति लिएको प्रमाण मागेकाले बिवाद बढेर युवाहरुले आक्रमणको प्रयास गरेको भन्दै वडाप्रहरी कार्यलय बैदाममा खावर गरेपछि उनीहरु पक्राउ परेका हुन ।
नगर प्रहरीले सोधपुछ गरेको टिप्पर यसअघि पनि कारबाहीमा परेको थियो। टिप्पर चालकसहति ७ जनालाई पक्राउ गरिएकाले महानगरले चाल्ने कदमअनुसार दोषीलाई कारबाही हुने प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रको जमिन पुरिएको थियो।
रातको समयमा लुकिचोरी टिपरमा माटो ल्याएर फेवाताल क्षेत्र अतिक्रमण गरी सिमसार पुरिएको थियो।
Related