• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुवाँथाईको समर क्याम्प पोखरामा

  •    शुभेच्छा न्यूज  /१३ जेष्ठ २०८०, शनिबार १२:०१ ,  प्रकाशीत
  • पोखरामा ४५ दिने मुवाँथाई खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ सम्पन्न भएको छ । आयोजकले एक कार्यक्रमका बिच समर क्याम्पमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

    पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागिहरुलाई गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्फुटन गराउन सक्नु मुख्य कर्तब्य रहेको बताए । उनले भने–“प्रशिक्षकहरुले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।”

    मुवाँथाई खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताए । मुवाँथाई खेललाई थप परिस्कृत गर्दै विद्यालयस्तरमा पुर्‍याउनु पर्ने खाँचो रहेको उनले सो अवसरमा औंल्याए ।

    थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए । प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गरेका थिए । जहाँ उनले निशुल्क प्रशिक्षण संगै सहभागिहरुलाई निशुल्क खेल पोशाकलगायतका सामाग्रीहरु समेत वितरण गरेका थिए ।

    समर क्याम्पन अन्तर्गत मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।

    साथै समापनका अबसरमा सहभागिहरुले प्रदर्शनी खेलहरु समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उनीहरुलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए ।

    स्मरणिय के छ भने मुवाँथाई परम्परागत मार्शल आर्ट खेल हो । यो खेलमा बौद्ध र हिन्दु परम्परा संग जोडिएको छ । नेपालमा यो खेलको विकास लामो नभए पनि व्यक्तिगत असमझदारी र नेतृत्वमा छिना झपटीका कारण दुई खेल संघमा अल्झिएको छ ।

    विश्वमा यो खेलको व्यवसायीक रुपमा व्यापकता पाए पनि दुई खेल संघमा विभाजित यो खेल नेपालमा ‘मुवाँथाई’ र ‘मुआथाई’ भन्ने शब्दमा बल्झिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.