• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गाउँघरमा बिकासले गतिलिएपनि गण्डकीमा बसाँईसराँइ रोकिएन, पोखरामा जनसंख्या बढ्यो

  •    शुभेच्छा न्यूज  /१४ जेष्ठ २०८०, आईतवार ११:५५ ,  प्रकाशीत
  • गाउँघरमा भौतिक बिकास क्रमश बढ्ेपनि पछिल्लो समय गण्डकी प्रदेशमा बसाइ सराई चलिरहेको छ ।

    भौतिक पूर्वाधार बिकास निर्माणसंग प्रदेशका विभिन्न जिल्लामा बसाइ सराइ गर्नेको संख्या घट्ने अनुमान गरिएपनि जनगणना ०७९ को तथ्यांक अनुसार गण्डकीको राजधानी पोखरामा बसाइँ सरेर आउनेहरुको जनसंख्या बढ्दो छ ।

    सुविधा खोज्दै अधिकांश मानिसहरु सहरमा बसाई सर्ने क्रमले गर्दा जनसंख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।तर, पछिल्ला दिनमा गाउँमा विकासका सबैखालका पूर्वाधार भित्रिएपनि गाउँ छोड्नेको लर्को रोकिएको छैन ।

    क्षेत्रफल हिसाबले नेपालकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा गएको १० वर्षमा जनसंख्या १ लाख १० हजारले बढेको छ ।

    २०६८ को जनगणनामा यहाँको कुल जनसंख्या ४ लाख २ हजार ९९५ रहेकोमा २०७८ को गणनामा ५ लाख १३ हजार ५०४ पुगेको हो ।

    १० वर्षअघि यहाँ १ लाख ५ हजार घरधुरी रहेकोमा बढेर १ लाख ४० हजार पुगेका छन् । सबैभन्दा धेरै जनसंख्या हुने सहरमध्ये काठमाडौंपछि पोखरा बनेको छ ।

    गोरखा सदरमुकाम गोरखामा घरधुरी र जनसंख्या दुवै बढेको पाइयो । तनहुँ सदरमुकाम रहेको दमौलीको ब्यास नगरपालिकामा पनि गोरखाकै जस्तै नतिजा छ ।

    स्याङ्जाको वालिङमा भने जनसंख्या घट्दा, घरधुरी बढेको छ । यसो हुनुको प्रमुख कारण आन्तरिक बसाइँसराइ नै भएको तथ्यांक कार्यालय पोखराका प्रमुख तथा निर्देशक जग्गुलाल बस्यालले बताए ।

    गण्डकीको ११ जिल्ला सदरमुकामहरुमा तीव्र सहरीकरण भए पनि बागलुङ बजारमा जनसंख्या घटेको छ । २०६८ को जनगणनामा बागलुङ बजारमा ५७ हजार ८२३ जनसंख्या रहेकोमा २०७८ को गणनामा करिब १७ सय ब्याक्ति कम भएको देखिन्छ ।

    तथ्यांक कार्यालय पोखराले सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ ।

    तीमध्ये पुरुषको संख्या ११ लाख ७० हजार ८३३ (४७.४७ प्रतिशत) र महिलाको संख्या १२ लाख ९५ हजार ५९४ (५२.५३ प्रतिशत) रहेको छ ।

    गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ६ लाख ५१ जना छन् / कास्की पछि धेरै बसोबास भएको जिल्ला नवलपुर र तनहुँ हुन् । प्रदेशमा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला कास्की रहेको छ ।

    कास्कीमा १.९० प्रतिशत र सबैभन्दा कम मनाङको माइनस १.२९ वृृद्धिदर छ । सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला पनि कास्की नै हो । यहाँ २९७ जना प्रति वर्ग किमी रहेको छ ।

    सबैभन्दा कम जनसंख्या र जनधनत्व भएको जिल्ला मनाङ हो। मनाङमा ५ हजार ६५८ जनसंख्या रहेको छ । ३ जना प्रति वर्गकिमी जनधनत्व छ ।

    गण्डकीमा कुल जनसंख्याको ६२.८ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन् । हाल १४ वर्षभन्दा कम उमेरका र ६० वर्ष भन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २३.९ र १३.३ प्रतिशत रहेको छ।

    नतिजा अनुसार गण्डकीमा ७ लाख ७६ हजार ६८६ घर तथा संरचना छन् । जसमा मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ६९.९ प्रतिशत छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.