पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन ।
शनिबार साँझ दोलखाबाट गाडीमा इमर्जेन्सी लाइट बालेर काठमाडौं आउँदै गरेका गुरुङले आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा निजी कारका चालकलाइ हातपात गरेका हुन ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं आउँदै थिए ।
सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडि÷पछाडि थिए । सोही सडकमा एकै साथ गाडी चलाइ रहेका अर्को आडीलाई उनको गाडीले सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको थियो ।
बीचमा गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । फेरि दोस्रो पटक पनि त्यसैगरी अस्वभाविक ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको बेला ठिक्क त्यही पुगेका अर्को गाडीका चालक अमित अधिकारीले इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको भन्दै सोधेका थिए ।
त्यसपछि म पीएसओ हुँ भन्दै पूर्वमन्त्री गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै सवाल जवाफ भएको बेला गुरुङ गाडीबाट झरेर अधिकारीलाइ झापड हानेका हुन ।
अधिकारीले प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा प्रहरी मुकदर्शक बनेको अरोप लगाएका छन । । विवादपछि अधिकारीलाई उल्टै जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।
पूर्वमन्त्री गुरुङले आफूले सामान्यरुपमा धकेलिदिएको बताएका छन । उनले काठमाडौंमा उपचाररत बाबु भेट्न गइरहेकाले इमर्जेन्सी लाइट बालेको बताउँदै त्यही विषयमा वादवीवाद भएपछि तिमी उता भनेर धकेलिदिएको बताउँछन ।

Related