पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित रत्न मन्दिर गणतन्त्र दिवसका दिन पारेर सर्वसाधारणका लागि खोलिएको हो ।
२०१५ सालमा कान्छी रानी रत्नको नामबाट राजा महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको दरबारको नाम राजा महेन्द्रले पोखराको फेवाताल किनारमा आराम गर्न रत्नमन्दिर बनाएका थिए ।
२०६५ सालमा गणतन्त्र स्थापना भएपछि १ सय ७७ रोपनी क्षेत्रफलमा फैलिएको राजाको पोखरास्थित दरबार नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको थियो ।
यस अघि पनि पटक पटक रत्नमन्दिर खुला गर्ने तयारी गरिएको थियो । सरोकार वला र पर्यटन ब्यवसायसंग सम्बद्ध ब्यसायीले पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर रत्नमन्दिर खुलाउन आग्रह गर्दै आएका थिए ।
पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्दा राजा रत्न मन्दिरमा बस्थे । रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ ।
दरबार क्षेत्रमा साना-ठूला १० वटा भवन छन् । मुख्य भवनमा राजा-रानीको सयन कक्ष, पाहुना कक्ष, डाइनिङ हलसहित ११ वटा कोठा रहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । दरबार परिसरमा फेवाताल हेर्न बनाइएको ताल घर पनि छ ।
रत्न मन्दिर दरबार परिसर डुल्न कुनै रोकतोक हुने छैन । तर, कुनै पनि भवनमा भित्र प्रवेश गर्न पाइने छैन ।
रत्न मन्दिरको खुलेसंगै पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे ।
रत्नमन्दिर खुलेसंगै पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।
रत्नमन्दिर अवलोकन गर्नका लागि नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
पोखराको रत्नमन्दिर सर्वसाधारका लागि खुलेको छ ।

Related