• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङमा सुरु भयो प्रदेशस्तरिय परम्परागत तारा खेल

  •    शुभेच्छा न्यूज  /१७ जेष्ठ २०८०, बुधबार २०:०५ ,  प्रकाशीत
  • हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेल सुरु भएको छ ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् ।

    सो अवसरमा बोल्दै सांसद गौचनले नेपालका विशेष ठाउँमा खेलिने परम्परागत खेलको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिए । उनले भने,‘जुन उद्धेश्यका साथ यो प्रतियोगिता आयोजना भएको छ । त्यसका लागि म आभार व्यक्त गर्दछु।’,

    उनले गण्डकी प्रदेशमा हुने परम्परागत खेलहरुको संरक्षण र सम्वद्र्धनका लागि स्थानियहरु समेत आफै जागरुक हुनुपर्ने बताए ।

    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई यदि कुनै विशेष प्रशिक्षणका लागि आवश्यक भएमा व्यक्तिगत रुपमा पूर्ण सहयोग गर्ने सांसद गौचनले प्रतिवद्धता समेत जनाए ।

    उनले संघिय सरकारले २०८०÷०८१ का लागि सहाशिक खेलकुदको विकासका लागि समेत बजेट छुट्टाएको बताउँदै यसले नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण रहने उल्लेख गरे ।

    प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, परिषदका सदस्य बसन्तराज दवाडी, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाललगायतले परम्परागत आर्चरी खेलको महत्वका बारेमा आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा कास्की, तनहुँ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.