• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२ लाख खर्चेर प्रहरी कार्यालयमा परिचालन कक्ष

  •    शुभेच्छा न्यूज  /१७ जेष्ठ २०८०, बुधबार १९:५८ ,  प्रकाशीत
  • वडा प्रहरी कार्यालय वगर हाता भित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ ।

    वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिले कार्यालय भित्र प्रहरी परिचालन कक्ष निर्माण सँगै महिला व्यारेकको मर्मत संभार गरेको हो ।

    प्रहरी परिचालन कक्ष र महिला व्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले उद्घाटन गरे ।

    यस अघि निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको नेतृत्वमा प्रतिक्षालय, थुनुवा कक्ष मर्मत, प्रहरी व्यारेक, दुर्गा मन्दीर, ट्राफिक पोष्ट, महिला प्रहरीका लागि आवास गृह, चमेना गृह मर्मत, शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

    महिला व्यारेक मर्मत संभार र प्रहरी परिचालन कक्ष निर्माणमा २ लाख ४ हजार ५ सय ५१ रुपैया खर्च लागेको निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्र बहादुर थापाले जानकारी दिए ।

    पोखरा महानगरका वडा कार्यालय र स्थानियको सहयोगमा कक्ष निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।‘हाम्रो अनुरोधलाई सहर्ष स्विकार गरि सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछौं’ अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनमा पनि यहाँहरुको सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।’

    प्रहरी परिचालन कक्ष र महिला व्यारेक निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा निर्माण समितिको कोषाध्यष चित्रबहादुर थापालाई मायाको चिनोले सम्मान र वडा प्रहरी कार्यालय वगरमा रहि उत्कृष्ट प्रहरी कार्य गर्ने प्रहरी हवल्दार लक्ष्मी खत्रीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले वडा प्रहरी कार्यालय वगरको आफ्नै जग्गा नहुदा वजेट विनियोजनमा समस्या भएको बताए ।‘वडाको आफ्नै जग्गा भएको भए भौतिक संरचना निर्माणका लागि वजेट विनियोजन हुने थियो’ उनले भने, ‘आफ्नै जग्गा नहुदा समुदायको सहयोगमा प्रहरीलाई हौसलना थप्ने काम भएको छ ।’

    पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिमिल्सिना समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको बताए ।

    पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधानले प्रहरीका लागि चाहिने भौतिक संरचना व्यवस्थापन गर्नका लागि वडा सधै तयार रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.