रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आईपीओ आज (जेठ १८ गते) देखि बिक्री खुला भएको छ ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ताको कुल आईपीओ जारी गरेको हो।
जस मध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई र २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु मध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो।
जस रमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुटाएको छ । जसबाट बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन खुला भएको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले छिटोमा जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन र उक्त अवधि सम्ममा पूर्ण आवेदन नपरेमा जेठ ३२ गतेसम्म लम्बिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
Related