पोखरा महानगरका उपमेयरसँग अन्तरसंवाद : किशोरी र छात्राहरुको सुरक्षा सुनिश्चत
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाका उपमेयर मन्जु देवि गुरुङसँग बिद्यार्थीहरुले सवाल जवाफ गरेका छन ।
बिहिबार पोखरा क्षेत्रका विधार्थीहरुले उपमेयर गुरुङसँग स्थानीयस्तरमा महिला हिंसा सम्बन्धि मुद्दा र न्यायिक निरुपण विषयमा सवाल जवाफसहित अन्तरसंवाद गरेका हुन ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारको न्यायिक निरुपण प्रक्रियाका साथै न्यायिक समितिले गरेका कार्यहरुका वारेमा उच्च माध्यमिक तहमा अध्यायनरत विद्यार्थीलाइ जानकारी दिइएको थियो ।
पोखरा सभागृहमा भएको अन्तरसंवाद कार्यक्रमा पोखरा भित्रका करिव एक दर्जन भन्दा बढि बिद्यालय र कलेजका छात्राहरुको सहभागिता रहेको थियो ।
महत्वपुर्ण भुमिकासहित कानुनले तोकेका अतिरिक्त जिम्मेवारी समेत बहन गरिरहेका उप्रमुखलाई बिद्यार्थीहरुले समेत गुनासा सुन्नाउन चाहेकाले अन्तरसंवाद गरिएको गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
यस अघि गत फागुनमा प्राविधिक शिक्षाका विषयमा मेयरसँग बिद्यार्थीहरुले अन्तरसंवाद गरेका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ ले पालिकाका उपप्रमुखलाइ न्यायिक समिति, राजस्व परामर्श समिति,योजना प्राथमिकिकरण समिति र सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी सुनिश्चित गरेको छ ।
यसका अतिरिक्त, पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवि गुरुङ, बाल संरक्षण समिति संयोजक समेत रहेकी छन ।
अन्तरसंवादमा सहभागि छात्राहरुले, सामाजिक रुपमा महिला प्रतिको परम्परागत सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने, टिकटक लागायत सामाजिक संजाल मार्फत किशोरीहरु प्रति दुरव्यवहार गर्ने प्रबृक्ति बढेकाले निगरानी गर्नुपर्ने, विद्यालयका शिक्षकहरुबाट किशोरीप्रति यौनजन्य हिंसा हुने गरेकाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने, किशोरीहरुलाइ घर परिवार लगायत बिद्यालयमा बिना तनाव पढ्न लेख्न पाउने अधिकार सुनिश्चत गर्नुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।
अन्तरसंवाद कार्यक्रमका मुख्य वक्ता पोखरा महानगपालिकाकी उपमेयर मन्जु देवि गुरुङले न्यायिक समिति लगायतका विभिन्न समितिको संयोजकको रुपमा जिम्मेवारी वहन गर्ने क्रममा स्थानीयस्तरका महिला,उनिहरुका समस्या र अवसरहरुका विषयमा बोलेकी थिइन ।
उनले महानगरपालिकाका हरेक शाखाका न्यायिक समिति र योजना शाखाको काम प्रत्यक्ष अप्रत्यक्ष संबन्धित रहने बताउँदै महिला, बालबालिका र विशेषगरि छात्राको हक अधिकार सुनिस्चित गर्न आँफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटिका प्रमुख दामोदर देवकोटा, पोखरा महानगरपालिका व्यवसाय प्रबर्धन केन्द्रका प्रमुख नवराज अधिकारी, अक्सफोर्ड विद्यालयका प्राध्यापक भूमिराज अधिकारी लगायतको उपस्थीतिमा अन्तरसंबाद कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षीकाको प्रतिनिधित्व गर्दै करुणानिधि एजुकेशन फाउण्डेशनका प्राचार्य डिल्लीराम अधिकारीले आफ्ना भनाई राखेका थिए ।
Related