पोखरामा फलफूल ढुवानी ब्यवसाय गर्दै आएका न्यौपाने दम्पतीको दुर्घटनामा मृत्यु
तपाईको प्रतिक्रिया





मोटरसाइकल दुर्घटनामा पोखरामा लामो समयदेखि फलपूmल धुवानी ब्यवसाय गर्दै आएका मेघ बहादुर न्यौपाने दम्पतीको मृत्यु भएको छ ।
नेपाल टे«डयुनियन महासंघ कास्कीको पूर्व अध्यक्ष समेत रहेका मेघबहादुर न्यौपाने र उनकी श्रीमती शान्ति न्यौपानेको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
मनकामना दर्शन गरेर जन्म घर धादीङ तर्फ जानेक्रममा मंगलबार कुरिनटार नजिकबाट मोटरसाइकल त्रिशुली नदीमा खस्दा न्यौपाने दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।
त्रिशुलीमा मोटरसाइकल खसेर न्यौपाने बम्पती बेपत्ता भएकोमा मंगबार श्रीमती शान्तिको शव भेटिएको थियो । शुक्रबार खोजीकै क्रममा मेघ बहादुरको पनि शव भेटिएको प्रहरीले जनाएको छ ।
Related