• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवाताल किनारमा ‘मूर्ति’जस्तै सुन मान्छे : रहरले होइन,बाध्यताले गर्छन यो काम

"लकडाउनका कारण व्यवसाय बन्द भएपछि पुरानो पेशालाई निरन्तरता  "
  •    शुभेच्छा न्यूज  /१९ जेष्ठ २०८०, शुक्रबार २१:५१ ,  प्रकाशीत
  • गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् ।

    पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पुग्यो भने त्यहाँ यस्तै दृष्य देखिन्छ ।

    झट्ट हेर्दा ‘मूर्ति’जस्तो देखिए पनि त्यो ‘मूर्ति’ नभई जिउँदो मान्छे भन्दा कतिलाई विश्वास नलाग्न सक्छ ! ‘मूर्ति’जस्तै घन्टौं ठिंग उभिनेलाई मान्छे भन्दा पत्याउनु पनि कसरी !

    यसरी ‘मूर्ति’ बनेका व्यक्ति हुन् ओखलढुंगाका अंकित शाही । उनले ‘गोल्ड म्यान’को उपमासमेत पाएका छन् । सुनको कारोबार गर्ने वा गरगहना बनाउने भएर उनले यो उपमा पाएका भने होइनन् ।

    शरीरभरि गोल्डेन रङ पोतेकाले उनले ‘गोल्ड म्यान’ उपमा पाएका हुन् । उनी रहरले होइन, बाध्यताले यो काम गरिरहेका छन् । यसको कारण हो– परिवारको खर्च धान्नु ।

    लकडाउनमा व्यवसाय बन्द भएपछि परिवारको खर्च चलाउन पुरानै काममा फर्किएको उनी बताउँछन् । व्यवसाय शुरु गर्नुअघि उनले भारतमा १०–१२ यही काम गरेका थिए । ‘लकडाउनका कारण व्यवसाय बन्द भएपछि आफ्नो पुरानो पेशालाई नै निरन्तरता दिएको हुँ,’ उनले भने ।

    फेवाताल घुम्न आएका पर्यटकहरूले दिएको पैसा नै उनको आम्दानीको स्रोत हो । उनको अगाडि गोल्डेन रङको बट्टा छ । यसैमा फेवाताल घुम्न आाएकाले पैसा राख्छन् ।

    यसैबाट उनको परिवारको गुजारा चलेको छ । उनको परिवारमा आमा र बहिनी छन् ।

    उनी घन्टौंसम्म हलचल नगरी ‘मूर्ति’जस्तै ठिंग उभिने गरेका छन् । यसरी घन्टौंसम्म एकै पोजिसनमा बस्न गाह्रो हुँदैन ? उनी भन्छन्, ‘शुरुमा गाह्रो भएको थियो । अहिले निरन्तर प्रयासले बानी नै भइसकेको छ ।’ उनले यसअघि भारतमा १० वर्ष यही काम गरेका थिए ।

    उनी अहिले टिकटकमा पनि भाइरल छन् । उनी टिकटकमा लाइभ पनि बस्छन् । फेवाताल पुगेका पर्यटकहरूले ‘मूर्ति’ ठानेर उनीसँग टिकटक बनाउँछन्, कतिले फोटो खिच्छन् ।

    विदेशका पर्यटकीय स्थलहरूमा ‘मूर्ति’ बनेर आयआर्जन गर्ने मान्छेहरू देखिए पनि नेपालमा भने यस्तो काम गर्ने उनी पहिलो भएको स्थानीयको दाबी छ ।

    जीविकोपार्जनका लागि पुरानै पेशामा फर्किनुपर्दा उनी खिन्न छन् । तर, उनले खिन्न हुनुको कारण भने खुलाएनन् । ‘जुन पेशा छाडेर नेपाल आएको थिएँ । अहिले फेरि नेपालमा त्यही पेशा गर्नुपर्याे,’ उनले भने ।

    आर्थिक अभियानबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.