• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशस्तरिय प्रथम फुल कन्ट्याक्ट प्रतियोगिता

  •    शुभेच्छा न्यूज  /२० जेष्ठ २०८०, शनिबार २०:५२ ,  प्रकाशीत
  • प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् ।

    उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे । सोही तौल स्पर्धामा तनहुँका सन्जन गुरुङले रजत पदक जित्दा म्याग्दीका अशिम सारु मगर र कास्कीका सत्कार प्रतेलले कास्य पदक जिते ।

    ४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे ।

    ५५ केजी तौलतर्फ स्याङजाका निरज राना मगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।

    पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जय कुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिला बहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे ।

    त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।

    महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहे ।

    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्रीलागतयले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

    दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा विजय आले मगर रत्न बहादुर आले, हरि बहादुर खड्का ९नाराज० र कृष्ण बहादुर नेपाली रहेका थिए ।

    प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.